Followers

Friday, May 14, 2021

गर्भावस्थाका अाहार

   


 १. अण्डा : अण्डा प्रोटिनको राम्रो स्रोत हो । प्रोटिनले कोषहरु निर्माण गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले गर्भवस्थामा अण्डा खानु राम्रो हुन्छ । यसमा कोलिनलगायतका दर्जनौं भिटामिन र खनिज तत्वहरु पाइन्छ । कोलिनले बच्चाको दिमाग र स्पाइनल कर्ड राम्ररी विकास गर्न सघाउ पु-याउँछ । यसका साथै यसले न्युरल ट्युबका समस्या पनि हुन दिँदैंन ।

२. साल्मोन : गर्भको शिशुको स्वस्थ विकासका लागि ओमेगा ३ फ्याटी एसिड महत्वपूर्ण मानिन्छ । यसले आमाको मूड पनि सकारात्मक बनाउँछ । सामुद्रिक खानामा कम मक्र्युरी हुने भएकाले हरेक साता खाने सल्लाह दिइन्छ । 

३. गेडागुडीः गेडागुडी पनि प्रोटिनसहित आइरन, फोलिक एसिड, पोटासियम, म्याग्नेसियम र आवश्यक फ्याटी एसिडको राम्रो स्रोत हो । यिनै तत्वहरु गर्भावस्थामा चाहिन्छ । यसका साथै यो फाइबरको राम्रो स्रोत भएकाले गर्भावस्थामा निम्तने साझा समस्या कब्जियत र हेमोरोइड्सबाट पनि रोकथाम गर्छ । 

४. सखरखण्ड : सखरखण्डले क्यारोटेनोइड्स तत्वबाट सुन्तला रंग प्राप्त गर्छ, यो शरीरमा भिटामिन एमा परिवर्तन हुन्छ । यो भिटामिन सी, फोलिक एसिड र फाइबरको मुख्य स्रोत हो । 

५. होल ग्रेन : होल ग्रेनमा फाइबर र पोषक तत्व उच्च मात्रामा हुन्छ । यसमा एन्टीअक्सिडेन्ट, मिनरल सेलेनियम हुन्छ भने यसमा पाइने फाइटोन्युट्रियन्ट्सले शरीरका कोषलाई रक्षा गर्छ । 

६. ओखर : ओखर ओमेगा थ्रि एसको राम्रो स्रोत हो । यसमा प्रोटीन र फाइबर पनि पाइन्छ । बिहानै स्न्याक्सका रुपमा या सलादका रुपमा ओखर खान सकिन्छ । 

७. दही : दहीमा प्रोटीन, प्रोबायोटिक्स र क्याल्सियमको राम्रो स्रोत हो । क्याल्सियमले हड्डी मजबूत पार्नुका साथै शिशुको स्वस्थ हड्डीको विकास गर्न सघाउ पुर्‍याउँछ । 

८. गाढा हरियो सागसब्जी : पालुंगोजस्ता सागसब्जी पनि गर्भवतीका सुपरफुड मानिन्छन् । यिनीहरु भिटामिन र पोषकतत्वले भरिपूर्ण हुन्छन् । खासगरी हरियो सागसब्जीमा भिटामिन ए, सी र केका साथै फोलिक एसिड पाइन्छ । 

९. बोसोरहित मासु : बोसोरहित मासु उच्च प्रोटिनको मुख्य स्रोत हो । बोसो नभएका मासुमा स्पाइनल कर्ड मजबूत बनाउन उपयोगी मानिने कोलिन पाइन्छ । तर, राम्ररी नपाकेको या आधा पाकेको मासुबाट भने टाढै रहनुपर्छ, त्यस्तो मासुमा ब्याक्टेरिया र परजीवी हुने सम्भावना हुन्छ । जुन गर्भमा बढिरहको शिशुका लागि खतरनाक हुन सक्छ ।

१०. विभिन्न रंगका फलफूल तथा तरकारी : हरियो, रातो, सुन्तला, पहेंलो तथा बैजनी रंगका फलफूल सेवनले शिशुले विभिन्न पोषक तत्व प्राप्त गर्छ । हरेक रंगको फलफूलमा अलग खालको भिटामिन र खनिज तत्व पाइन्छ । 

Saturday, March 20, 2021

ONE SMALL STEP






जापानी निगमहरूले लामो समयदेखि उनीहरूको व्यावसायिक लक्ष्यहरू प्राप्त गर्न र उत्कृष्टता कायम राख्नका लागि काइजेन कोमल प्रविधि प्रयोग गर्दै आएका छन्। अब यो उत्तम रणनीतिले तपाईंलाई तपाईंको व्यक्तिगत सपनाहरू महसुस गर्न मद्दत गर्न सक्छ।

धेरै मनोविज्ञान र चिकित्सा किन अध्ययन गर्न समर्पित छ

व्यक्ति बिरामी हुन्छन् वा जीवनमा राम्रोसँग कार्य गर्दैनन्। तर एक मनोविज्ञानीको रूपमा मेरो क्यारियर भर, म सँधै असफलताको विपरितबाट उत्सुक छु। जब एक डायटरले दस पाउण्ड गुमाउँछ र यसलाई बन्द राख्छ, म किन जान्न चाहन्छु। यदि कुनै व्यक्तिले प्रेमको वर्षौं असन्तुष्ट सम्बन्ध फेला पारे, म रणनीतिहरूको बारेमा उत्सुक छु जुन यो खुशीलाई सम्भव बनायो। जब एक निगम पचास बर्षको लागि आफ्नो खेल मा शीर्ष मा रहन्छ, म सफलता पछाडि मानव निर्णय बुझ्न चाहन्छु। र त्यसैले

त्यहाँ दुई प्रश्नहरू छन् जुन मेरो व्यवसायिक जीवनमा व्यस्त छन्:

मानिसहरू कसरी सफल हुन्छन्?

कसरी सफल मान्छे सफल रहन?

अवश्य पनि, त्यहाँ सफलता प्राप्त गर्ने धेरै तरिकाहरू छन् जति सफल मानिसहरू छन्। तर अभ्यासको बाईस बर्षको क्रममा मैले अनगिन्ती ग्राहकहरूलाई स्थायी परिवर्तन सिर्जना गर्न असामान्य विधि प्रयोग गरेको हेर्दा सन्तुष्टि प्राप्त भयो। तिनीहरूले उही समान सिद्धान्तहरू लागू गरेका छन् आफ्नो जीवनको बारेमा हरेक तरिकामा सुधार गर्न। तिनीहरूले तौल गुमाए (र यसलाई बन्द राखे); व्यायाम कार्यक्रम सुरु गर्नुभयो (र यससँग अड्किए); लात हान्ने व्यसन (राम्रोको लागि); बलियो सम्बन्ध सिर्जना (पछिल्लो जस्तो कि); संगठित हुनुहोस् (चीजहरू व्यस्त हुँदा फिसड्ने बिना); र उनीहरूको क्यारियर सुधार (र त्यसो गर्न जारी, उनीहरूको प्रदर्शन रिपोर्ट फाइल गरेको लामो पछि)।यदि तपाइँ परिवर्तन गर्न चाहानुहुन्छ जुन स्टिक हुन्छ-म आशा गर्दछु तपाईंले पढ्नुहुनेछ। यो विधि खुला रहस्यको कुरा हो, जुन जापानी व्यवसायहरू बीच दशकौंसम्म प्रसारित हुन्छ र विश्वभरिका निजी नागरिकहरूले दैनिक प्रयोग गर्दछन्। यो लक्ष्यहरू प्राप्त गर्न र उत्कृष्टता कायम राख्नको लागि एक प्राकृतिक, ग्रेसफुल टेक्निक हो। यो तालिकाको सबैभन्दा सानोमा पनि स्लिप हुन सक्छ। र यस पुस्तकमा, म तपाईंसँग यो रणनीति साझा गर्नेछु।

तर पहिले, म तपाईलाई जुली भेट्न चाहन्छु।

जुली सैट परीक्षा रूममा, उनको आँखा तल झर्दै। उनी उच्च रक्तचाप र थकानका साथ सहयोगका लागि यूसीएलएको मेडिकल सेन्टरमा आएका थिइन, तर परिवारका सदस्य र मैले देखेको कुरा अझै चलिरहेको छ। जुली दुई जनाको सम्बन्धविच्छेद भएकी आमा थिइन, उनको आफ्नै भर्नाबाट थोरै उदास र एक भन्दा बढी थोरै अभिभूत उनको समर्थन प्रणाली सबै भन्दा राम्रो हिलिएको थियो, र त्यो मात्र मुश्किल उनको काम मा समात्दै थियो।

युवा डाक्टर र म जुलीको दीर्घकालीन स्वास्थ्यको बारेमा चिन्तित थियौं। उनको तौल (उनी तीस भन्दा बढि पाउण्ड बोक्दै थिई) र तनावको स्तरले उनलाई मधुमेह, उच्च रक्तचाप, हृदय रोग, र गहिरो डिप्रेशनको बढि जोखिममा पुर्‍यायो। यो स्पष्ट थियो कि यदि जुलीले केही परिवर्तन गरेन भने उनी रोग र निराशाको घाउमा थिइन्

हामीलाई जुलीलाई सहयोग गर्ने सस्तो, प्रमाणित तरीका थाहा थियो, र यो साइकोथेरापीको गोली वा वर्षौंको बोतल थिएन। यदि तपाईं कागजातहरू पढ्नुहुन्छ वा समाचार हेर्नुहुन्छ भने, तपाईं अनुमान लगाउन सक्नुहुनेछ कि म के बारेमा भन्दै छु: व्यायाम। नियमित शारीरिक गतिविधिले जुलीको स्वास्थ्य समस्याहरू सबै सुधार गर्न सक्थ्यो, उदासिन दिनहरूको सामना गर्न, र उनको हौसला बढाउन उनको थप सहनशक्ति प्रदान गर्दछ।

एक पटक, म यो नि: शुल्क र प्रभावी उपचार एक नयाँ रूपान्तरण को सबै जोस संग प्रस्ताव गरेको हुन सक्छ। जाकिging जानुहोस्! बाइक चढ्नुहोस्! एक एरोबिक्स भिडियो भाँडामा लिनुहोस्! मैले भनें होला। आफ्नो खाजा खाजा छोड्नुहोस्, एक घण्टा पहिले उठ्नुहोस् यदि तपाइँसँग छ भने, तर उठ्नुहोस् र हप्तामा पाँच पटक तपाइँको स्वास्थ्यको लागि प्रतिबद्धता बनाउनुहोस्! तर जब मैले जूलीको आँखा मुनि कालो घेरामा हेरे, मेरो मुटु डुब्ियो। हामी सयौं बिरामीहरूलाई व्यायाम गर्न भन्दछौं, तर उनीहरूमध्ये धेरै थोरैले मात्र यसलाई नियमित बानी बनाए।

उनीहरूले यो धेरै समय खपत, धेरै पसिना, ज्यादै धेरै प्रयत्न पाए। म विश्वास गर्दछु कि तिनीहरू मध्ये धेरै जना पनि आरामदायक रूटहरू तोड्न डराउँथे, यद्यपि सबै बिरामीहरूलाई यो डरको बारे थाहा थिएन। र यहाँ जुली बसिन्, जसले आफ्ना बच्चाहरूलाई बस्न र सफा र खुवाउन लगभग निरन्तर काम गरिन्। उनको आराम मात्र आधा घण्टा आराम भएको थियो सोफेको सबैभन्दा साँझमा। म भविष्यवाणी गर्न सक्थें: डाक्टरले उनलाई व्यायाम गर्न भन्थे, जुलीले दुबै गलतफहमी महसुस गरे ("म कसरी काम गर्ने समय निकाल्छु? तपाईले मलाई कुनै कुरा बुझ्नुहुन्न!") र दोषी। आवासीय चिकित्सकले उनको सल्लाहलाई फेरि एक पटक बेवास्ता गरेको देख्दा दिक्क लाग्नेछ र सम्भवतः उदासिन बन्न सुरु हुनेछ, किनकि धेरै आशावादी युवा डाक्टरहरूले अन्ततः गर्छन्। म यो दु: खी चक्र तोड्न के गर्न सक्छु?.........


Wednesday, February 24, 2021

कागलाई बेल पाक्याे हर्ष न विषमात

             


               न्यायपालिका संविधान कानुनकाे व्याख्या गर्ने सर्वोच्च निकाय हाे। जसले नेपालकाे संविधान २०७२काे मुल मर्म र भावनाकाे रक्षा गर्याे जुन नेपाल र नेपालीका लागि गर्वकाे विषय हाे। जसले गर्दा न्यायालयकाे पवित्रता,स्वतन्त्रता ,सक्षमता पुष्टि गर्दै शिर उँचो बनाइ सनकी प्रवृत्तिलाई निरूत्साहित गरि दिएकाे छ। जसले कानुन भन्दा माथि काेही पनि हुँदैन भन्ने मान्यता सावित गरिदिनु स्वागतयोग्य काम भएकाे छ।

          नेपालमा पुस ५ गते विघटित प्रतिनिधि सभा पुनर्स्थापना सँगै अब निकास कसरी कुन दिशामा अगाडि बढ्ला भन्ने विषयले ध्यान तानिएको छ।अझै सु स्पष्ट बाटाे नदेखिएको परिवेशबाट फाइदा उठाउन ,स्वार्थ सिद्धिका हेतुले देश र जनतामाथि लात नहान्लान् भन्न सकिन्न जुन कसैका लागि पनि दीर्घकालीन हित गर्ला भन्ने लाग्दैन।
  संविधानले निर्दिष्ट दिशा अवलम्बन गर्दै गर्दा अहिले देखिएका अर्थहिन जाेड,घटाऊ ,लेनदेन,चलखेल नै त सुरू हाेला ...

प्रतिनिधि सभा : २७५ : 
नेकपा = १७४
(सुनिन्छ: ओली ७८ + प्रचण्ड-माधव ९५), 
नेका = ६३, जसपा = ३४ र अन्य = ४
सरकार बनाउन कम्तीमा १३८ जना सांसद चाहिने रहेछ । 
अब सम्भाब्यता हेरौ है ।
१. ओली + कांग्रेस = १४१
२.  प्रचण्ड-माधव + कांग्रेस = १५८
३. जसपा + प्रचण्ड-माधव + अन्य < १३८ :  (पुगेन)

            यी परिदृश्यले अन्ततोगत्वा कांग्रेसलाई नै त फाइदा पुग्ने देखिन्छ अझै भनाैं शेर बहादुर देउवालाई ,परिस्थितिमा जति बदलाव अाय पनि पात्र त अाखिर तिनै हुन्। अन्य पात्रहरू प्रचण्ड,माधव नेपाल, केपि वाेली नै त हुन् काेहि दुधले नुहाएका पात्र त हाेइनन्। सबैका  प्रत्यक्ष शासनकालकाे भुक्तभोगी न परियाे। बाहेक के पुस्तान्तरण सम्भव छ र? यी लाेभी पापीका झुण्डहरूबाट त्याे पनि सम्भव देखिन्न। अब यी पात्रबाट देश र जनताप्रति जनउत्तरदायी बन्लान् त? अब यीनमा चेतना पस्याे भन्नलाई पनि सत्तामा पुगेसि अग्रगामी कुरा भन्दा बढी स्मरणयाेग्य काम के गरे त ? देशमा विधि,पद्धति,विकास,संवृद्दि,राेजगारीअादि कुन जनजीविकाकाे सवालमा वहा! भन्ने पात्रता विकास गरे र । अालाेच्य विषय बन्ला तथापि इतिहास ज्यूँदै छ त । जनभावनाकाे सम्वाेधनकाे सट्टामा अाफ्नै अासेपासे,भराैटाे,चम्चे,हनुमाने,स्वार्थ समूह इत्यादि बिच नै छिनाझम्टी चलिरहे,जनता मुखदर्शक रहिरहे,तालि पिटिरहे,भिन्न भिन्न कित्तामा विभक्त रहिरहे बस यहि चलि रह्यो,यसरी हाम्रो फाइदा लुटिरहे , फेरि यिनैलाइ देख्नका लागि हर्ष,विष्मात मान्नु पर्ने कारण के छ र।
      अब "अाम जनता जनता बनाैं हनुमाने कार्यकर्ता प्रवृत्ति त्यागाैं,सत्य र असत्य छुट्याउन सक्ने विवेकशील जनता बनाैं" जहाँ छाैं त्याँहिबाट गलत कार्यका विरूद्द खबरदारी गरि निरूत्साहित गराैं। विधि पद्धति र कानुनी सर्वाेच्चताका लागि हातेमालो गरि अघि बढाैं।
🙌जय हाेस नेपाल र नेपालीकाे🙌


Monday, February 22, 2021

विकृति विरूद्द जुधाैँ ...

            


                     असल आचरण र कर्तव्य सिकाउने , कुल र धर्मको ज्ञान दिने , त्याग र समर्पण सिकाउने, संस्कार र संस्कृति सिकाउने, सामाजिक सद्भाव, एकता, मेलमिलाप, सहकार्य र सहिष्णुतासहितको सभ्यता सिकाउने शिक्षानै नैतिक शिक्षा हो । नागरिकहरुमा आफ्नो दायित्वको बोध हुदै जान्छ र समाज सकारात्मक तरिकावाट अगाडि बढ्दै व्यक्ति, अर्थात मानिसहरुमा सदाचार, विनम्रता,सद्भाव,प्रेमभाव , श्रद्धा , परोपकार जस्ता सकारात्मक पक्ष ले स्थान पाउँदछन् ।जब हामीले सानै उमेरवाट वाल–वालिकामा राम्रा सु–बिचारहरु आत्मसाथ गराउन सक्छौं तव मात्र उनीहरुको भविष्य राम्रो हुन सक्दछ । उनीहरुले असल व्यक्तित्वको पहिचान पाउन सक्दछन । फलस्वरूप असल समाज निर्माणका लागि असल नागरिक को रुपमा आफुलाई स्थापित गर्न सक्दछन । त्यसैले शिक्षाको व्याहारिक पक्षलाई बढि जोड दिनेखालको बनाउनु अन्यन्त जरुरी रहन्छ । आज भोली अभिभावक र वाल–वालिकाका बीचमा हामीले दुरी बढेको पाउछौ

                     हामि हाम्राे भूमिलाइ ज्ञान भूमि,तपाे भूमि,देव भूमि,ऋषि,मह्रर्षि,वेदार्चार,पूर्विय संस्कृत वाङ्गमय सभ्यता,सनातनी संस्कार,संस्कृतिका हिमायति मान्दछाै तर पनि यहि समाज र सभ्यता माथीनै दिनानुदिन एक पछि अर्काे गर्दै ज्यादै निकृष्ट हर्कतहरू समाजमा छताछुल्ल हुन थाले त के साेचनीय,मननिय विषय हाेइन र? घिनताबाेध,लज्जाजनक घटना हाेइन र? कारण र समुचित निवारण पहिल्याउने उचित समय अाइसकेकाे हाेइन र? दिनानुदिन यस्ता कुकृत्यले व्यक्ति,समाज,राष्ट्र,विश्व परिवेश,भावि पिढिँलाइ कता निर्देशित गर्ला त ? अत यस्ता प्रवृत्तीहरू बेलैमा सबै पक्ष मिली निस्तेज पार्नु अति अावश्यक हुन्छ।

                               शिक्षानै यस्ताे अाधार विन्दु हाे जसले सहि गलत छुट्याउन मद्दत गर्दछ। शिक्षा मानब कल्याणका लागि,सामाजिक कु-संस्कार, कुरिती र अन्धबिश्वासलाइ चिर्दै उज्यालो दिशा तिर उन्मुख गराउनका लागि, समाजमा रहेका राम्रा पक्ष लाई प्रेरित गर्नका लागि, समाज र राष्ट्रको विकासका लागि व्यक्तिगत सदाचार, स्वाबलम्बीले ठुलो भुमिका खेलेको हुन्छ भन्ने कुरामा जोड दिनका लागी,व्यक्तिको ब्यबहार,विनम्रता , आदर, संस्कार जस्ता आधारभूत आवश्यक मान्यताहरुमा विशेष जोड दिनका लागी हुनुपर्दछ । जसवाट वाल–वालिकाहरु भविष्यमा असल र कुशल नागरिक भै देश , समाज र बिश्व मै अनुकरणीय उदाहरण बन्न सकुन। तसर्थ नैतिक मूल्य–मान्यताको जगमा गुणस्तरीय शिक्षाको माध्यमले स्वअनुशासन र कर्तव्यबोधमा लाग्न आमनागरिकलाई प्रोत्साहित गर्दछ।शासकवर्गको चरित्र, कार्यशैली र गतिविधिहरू, समाजका अगुवा, राजनीतिक दलका नेता र राज्यसञ्चालनका जिम्मेवार व्यक्ति स्वयम् अनुकरणयोग्य र आस्थाको केन्द्र हुनुपर्छ । के  वर्तमान नेपाली परिवेशमा हाम्रा राज्य सञ्चालकहरूको व्यवहार अनुकरणयोग्य छ त ? के हामी सभ्य समाजको आधार तयार गरिरहेका छौँ ? सायद यस्ता प्रसङ्गहरू हेर्दा वर्तमान नेपाली परिवेशमा समतामूलक समाजको परिकल्पनालाई भद्दा मजाक गरिरहेको प्रतीत हुन्छ ।

                समग्रमा सबैमा जिवनउपयाेगी वैज्ञानिक,राेजगारी उन्मुख,नैतिकता,सचेत जागरण सहितकाे दुरदर्शिता भएकाे शिक्षा व्यवस्था ,सक्षम व्यक्तिलाइ उचित स्थान,सबै वर्ग,लिङ्ग,जाती,भाषा,धर्म सबैले अपनत्व लिन सक्ने,स्वास्थ्य, शिक्षा, रोजगारीलगायत आवश्यक पूर्वाधारको सन्तुलित विकास र त्यसमा जनताको सहज र न्यायोचित पहुँचकाे सुनिश्चितता,कथमकदाचि कसैबाट गलत कार्य भएमा त्यसलाइ तुरून्तै निस्तेज,कानुनि कठघरामा उपस्थित गराइ समाधान दिन सक्ने चुस्त दुरूस्त विभेदकारी निकाय भएमा हामीले कल्पना गरेकाे समाज अवश्य निर्माण हुन्छ।

                                                  

Friday, February 19, 2021

छायाँमा प्रजातन्त्र दिवस

      

          अाज जाहानियाँ राणा शासनकाे अन्त्य भएकाे ७१ बर्ष पूरा भएकाे दिन। १०४ बर्षे लामाे निरङ्कुश हुकुमि शासनलाइ ठुलाे बलिदान पश्चात् देशले प्रजातन्त्रकाे दियाे बालेकाे दिन २००७ साल फागुन ७ लाई जनताकाे विजयकाे उत्सवकाे रूपमा मनाइँदै अाएकाे छ।

            नेपालकाे इतिहासमा विभिन्न घटना परिघटनाबाट विकसित अवस्थाका छिद्र प्वालका माध्यम विभिन्न समयमा अनेक माध्यमबाट फाइदा उठाउन सफल भएका थिए। विभिन्न व्यक्तिका इच्छा,स्वार्थ,रिसबी,कतिका सनक इत्यादीका कारण मुलुक विभिन्न अवस्थामा अवतरित हुँदै अायाे।त्यसै कालक्रम सँगै गगन सिंहकाे हत्याकाण्ड बाट श्रृजित परिस्थितिले घटित काेत पर्व र त्यसैले स्थापित जंगे(राणा) शासन र निम्त्याएको क्रुर शासन प्रणाली जनताले शमन गर्न नसकि राणा विराेधि भावनाहरू मुखरित हुन थाले।साेहि भावनाहरू एकत्रित हुँदै विभिन्न शक्तिहरू नेपाली कांग्रेस,गाेर्खा परिषद,प्रचण्ड गाेर्खा,कम्युनिस्ट पार्टी अादि एकाकार भई राणातन्त्र अन्त्य भई प्रजातन्त्रको स्थापना भयाे।

           विभिन्न अान्दोलनका माध्यमबाट शासन प्रणालिहरूमा परिमार्जन र परिस्कार गरिरह्याैं। जनताले जनताका लागि जनताद्वारा गरिने शासन प्रणालि प्रजातन्त्र हाे भने के हामीले त्यसकाे मर्म अनुसार अनुशरण गर्याैं? के जनताले अपनत्व लिन सकेका छन त? अाफ्ना र अाफु भित्रका कमजोरी समस्या देखेनाैँ,देख्यौं त केवल प्रणाली पद्धतिमा ! समय समयमा जनताका लागि भनी विभिन्न अान्दोलन र तथाकथित परिवर्तन पनि भए साे अनुरूप पछिल्लो पटक दाेस्राे जनअान्दाेलन २०६२/६३ पश्चात् अझ परिस्कृत गरी `लाेकतन्त्र´ शब्द परिवर्तन गरीयाे, अब विस्तारै बाेलिचालीमा प्रजातन्त्र  शब्द हराउँदै गएको छ त्याे लाेकतन्त्रले लिएकाे छ। अाखिर जतिसुकै चुस्त शब्द फेरिए शासकिय वृत्त अझै अाफु परिस्कृत हुनसकेका छैनन् ,तिनका क्रियाकलाप राणाशाहिकै धङधङी देखिरहेकाे छ।

                  अाखिर सहि अर्थमा प्रजातन्त्रकाे विकास प्रयाेग,संरक्षण हाेस। ठूलो त्याग बलिदानीपूर्ण प्राप्तिलाई नभुलाैं। हरकाे मन,वचन र कर्मले सगाैरव साेपान गर्न सकियाेस।  
शुभेच्छा सबैमा!

Thursday, February 18, 2021

नेपालकाे गाैरव गाथा

        


        एसियाका ठूला देशहरू चीन र भारतको बीचमा हिम श्रृङ्खलाकाे काखमा बसेको नेपालको इतिहास यस क्षेत्रका अन्य देशहरूको भन्दा फरक छ। नेपालदेखि दक्षिणपट्टि रहेका देशहरू विदेशी अधिनमा रहँदा पनि नेपाल स्वतन्त्र सार्वभैम राष्ट्रको रूपमा रहिरह्यो । विभिन्न धर्मशास्त्र तथा पुराणहरूमा नेपाललाई अत्यन्तै प्राचीन भूमिको रूपमा वर्णन गरिएको छ । करीब १३ करोड वर्ष अगाडि बनेका यहाँका पर्वत शृङ्खलाहरू र उपत्यकाहरूमा पछि आएर प्राणीहरूको आकर्षणकाे केन्द्र बन्दै गएको पाइन्छ । पश्चिम नेपालको बुटवल क्षेत्रमा पाइएको रामापिथेकस मानवको अवशेषले एक करोड वर्षभन्दा अगाडिदेखि नै नेपालमा मानवको बसोबास शुरू भइसकेको तथ्य स्पष्ट हुन्छ । नेपाल नामको पहिलो उल्लेख अथर्वपरिशिष्टमा गरिएको पाइन्छ । अथर्वपरिशिष्टको समय निश्चित गर्न नसकिए तापनि इसापूर्व ५००–६०० को बीचमा यसको निर्माण भएको मानिन्छ । यसमा नेपाललाई कामरू, विदेह उदुम्बर, अवन्ती र कैकय देशहरूसँगै राखी चर्चा गरिएको छ ।नेपाल शब्द कहाँबाट र कसरी आयो भन्नेमा एकिन तथ्यांक छैन । तर, पनि नेपाल हिमालयको काखमा भएका कारण नेपाल नामको उत्पत्ति ‘निपालयबाट भएको विश्वास गरिन्छ । त्यस्तै वैदिक ग्रन्थ र पाणिनिकाे अष्टाध्यायीमा समेत निप शब्दकाे प्रयाेग पाइन्छ जसकाे अर्थ नेपालकाे प्राचिन शासक गा्ेपालवंशीलाइ निप र उनिहरूकाे अालय(घर) लाइ नेपाल भनियाे।  भगवान बुद्धको समयमै उनका चेलाहरू व्यापारीहरूका साथ नेपाल पसेको घटना उल्लेख गरिएको छ ।  महाभारत वनपर्वमा नेपाललाई विषय (देश) को रूपमा वर्णन गरिएको छ । जैन ग्रन्थ आवश्यक सूत्र तथा कौटल्यको अर्थशास्त्र (ई.पू. चौथो शताब्दी) ले पनि नेपालको बारेमा उल्लेख गरेका छन्।त्यस्तै भारतीय समुद्रगुप्तले आफ्नो इलाहवाद अभिलेखमा किर्तिपुर (कुमाउँ) नेपालको  छिमेकी राज्य को रूपमा उल्लेख गरेका छन् भने त्यसपछिका प्रायः सबै स्श्रोतहरूले नेपालको उल्लेख स्वतन्त्र राज्यको रूपमा नै गरेका छन् । नेपालका शिलालेखहरूमा भने वि.सं. ५२२ पछि पाइएका अभिलेखमा नेपाल शब्दको उल्लेख भएको छ । यसरी यो मुलुक अत्यन्तै प्राचीन समयदेखि नै नेपाल नामबाट परिचित रहेको स्पष्ट हुन्छ ।

            सत्य ,त्रेता,द्वापर हुँदै कलियुगमा चलिरहँदा अाजसम्म पनि कसैकाे उपनिवेश नभइ शिर उँचाे बनाएकाे छ। हाम्रा सनातन संस्कार,संस्कृति,परम्परा,रितिरिवाज,भाषाभाषी,भेषभूषा, धर्म,धार्मिक सहिष्णुता,रहनसहन,भाैगाेलिक विविधता इत्यादि बिचकाे अात्मिय सन्तुलन अाहा क्या हार्दिकता छ। पूर्विय दर्शन,साहित्यकाे सचेत जागरणले दुरदर्शिता,वैज्ञानिकताकाे विकासले नेपालसँगै विश्वलाइनै मार्गनिर्देश गर्दछ।

BEST ONLINE JOBS Part-4

  Work from Home Medical Jobs Work from home digital medical jobs are on the upswing for some time, and the trend shows no sign of going awa...