Followers
Wednesday, February 24, 2021
कागलाई बेल पाक्याे हर्ष न विषमात
Monday, February 22, 2021
विकृति विरूद्द जुधाैँ ...
असल आचरण र कर्तव्य सिकाउने , कुल र धर्मको ज्ञान दिने , त्याग र समर्पण सिकाउने, संस्कार र संस्कृति सिकाउने, सामाजिक सद्भाव, एकता, मेलमिलाप, सहकार्य र सहिष्णुतासहितको सभ्यता सिकाउने शिक्षानै नैतिक शिक्षा हो । नागरिकहरुमा आफ्नो दायित्वको बोध हुदै जान्छ र समाज सकारात्मक तरिकावाट अगाडि बढ्दै व्यक्ति, अर्थात मानिसहरुमा सदाचार, विनम्रता,सद्भाव,प्रेमभाव , श्रद्धा , परोपकार जस्ता सकारात्मक पक्ष ले स्थान पाउँदछन् ।जब हामीले सानै उमेरवाट वाल–वालिकामा राम्रा सु–बिचारहरु आत्मसाथ गराउन सक्छौं तव मात्र उनीहरुको भविष्य राम्रो हुन सक्दछ । उनीहरुले असल व्यक्तित्वको पहिचान पाउन सक्दछन । फलस्वरूप असल समाज निर्माणका लागि असल नागरिक को रुपमा आफुलाई स्थापित गर्न सक्दछन । त्यसैले शिक्षाको व्याहारिक पक्षलाई बढि जोड दिनेखालको बनाउनु अन्यन्त जरुरी रहन्छ । आज भोली अभिभावक र वाल–वालिकाका बीचमा हामीले दुरी बढेको पाउछौ
हामि हाम्राे भूमिलाइ ज्ञान भूमि,तपाे भूमि,देव भूमि,ऋषि,मह्रर्षि,वेदार्चार,पूर्विय संस्कृत वाङ्गमय सभ्यता,सनातनी संस्कार,संस्कृतिका हिमायति मान्दछाै तर पनि यहि समाज र सभ्यता माथीनै दिनानुदिन एक पछि अर्काे गर्दै ज्यादै निकृष्ट हर्कतहरू समाजमा छताछुल्ल हुन थाले त के साेचनीय,मननिय विषय हाेइन र? घिनताबाेध,लज्जाजनक घटना हाेइन र? कारण र समुचित निवारण पहिल्याउने उचित समय अाइसकेकाे हाेइन र? दिनानुदिन यस्ता कुकृत्यले व्यक्ति,समाज,राष्ट्र,विश्व परिवेश,भावि पिढिँलाइ कता निर्देशित गर्ला त ? अत यस्ता प्रवृत्तीहरू बेलैमा सबै पक्ष मिली निस्तेज पार्नु अति अावश्यक हुन्छ।
शिक्षानै यस्ताे अाधार विन्दु हाे जसले सहि गलत छुट्याउन मद्दत गर्दछ। शिक्षा मानब कल्याणका लागि,सामाजिक कु-संस्कार, कुरिती र अन्धबिश्वासलाइ चिर्दै उज्यालो दिशा तिर उन्मुख गराउनका लागि, समाजमा रहेका राम्रा पक्ष लाई प्रेरित गर्नका लागि, समाज र राष्ट्रको विकासका लागि व्यक्तिगत सदाचार, स्वाबलम्बीले ठुलो भुमिका खेलेको हुन्छ भन्ने कुरामा जोड दिनका लागी,व्यक्तिको ब्यबहार,विनम्रता , आदर, संस्कार जस्ता आधारभूत आवश्यक मान्यताहरुमा विशेष जोड दिनका लागी हुनुपर्दछ । जसवाट वाल–वालिकाहरु भविष्यमा असल र कुशल नागरिक भै देश , समाज र बिश्व मै अनुकरणीय उदाहरण बन्न सकुन। तसर्थ नैतिक मूल्य–मान्यताको जगमा गुणस्तरीय शिक्षाको माध्यमले स्वअनुशासन र कर्तव्यबोधमा लाग्न आमनागरिकलाई प्रोत्साहित गर्दछ।शासकवर्गको चरित्र, कार्यशैली र गतिविधिहरू, समाजका अगुवा, राजनीतिक दलका नेता र राज्यसञ्चालनका जिम्मेवार व्यक्ति स्वयम् अनुकरणयोग्य र आस्थाको केन्द्र हुनुपर्छ । के वर्तमान नेपाली परिवेशमा हाम्रा राज्य सञ्चालकहरूको व्यवहार अनुकरणयोग्य छ त ? के हामी सभ्य समाजको आधार तयार गरिरहेका छौँ ? सायद यस्ता प्रसङ्गहरू हेर्दा वर्तमान नेपाली परिवेशमा समतामूलक समाजको परिकल्पनालाई भद्दा मजाक गरिरहेको प्रतीत हुन्छ ।
समग्रमा सबैमा जिवनउपयाेगी वैज्ञानिक,राेजगारी उन्मुख,नैतिकता,सचेत जागरण सहितकाे दुरदर्शिता भएकाे शिक्षा व्यवस्था ,सक्षम व्यक्तिलाइ उचित स्थान,सबै वर्ग,लिङ्ग,जाती,भाषा,धर्म सबैले अपनत्व लिन सक्ने,स्वास्थ्य, शिक्षा, रोजगारीलगायत आवश्यक पूर्वाधारको सन्तुलित विकास र त्यसमा जनताको सहज र न्यायोचित पहुँचकाे सुनिश्चितता,कथमकदाचि कसैबाट गलत कार्य भएमा त्यसलाइ तुरून्तै निस्तेज,कानुनि कठघरामा उपस्थित गराइ समाधान दिन सक्ने चुस्त दुरूस्त विभेदकारी निकाय भएमा हामीले कल्पना गरेकाे समाज अवश्य निर्माण हुन्छ।
Friday, February 19, 2021
छायाँमा प्रजातन्त्र दिवस
अाज जाहानियाँ राणा शासनकाे अन्त्य भएकाे ७१ बर्ष पूरा भएकाे दिन। १०४ बर्षे लामाे निरङ्कुश हुकुमि शासनलाइ ठुलाे बलिदान पश्चात् देशले प्रजातन्त्रकाे दियाे बालेकाे दिन २००७ साल फागुन ७ लाई जनताकाे विजयकाे उत्सवकाे रूपमा मनाइँदै अाएकाे छ।
नेपालकाे इतिहासमा विभिन्न घटना परिघटनाबाट विकसित अवस्थाका छिद्र प्वालका माध्यम विभिन्न समयमा अनेक माध्यमबाट फाइदा उठाउन सफल भएका थिए। विभिन्न व्यक्तिका इच्छा,स्वार्थ,रिसबी,कतिका सनक इत्यादीका कारण मुलुक विभिन्न अवस्थामा अवतरित हुँदै अायाे।त्यसै कालक्रम सँगै गगन सिंहकाे हत्याकाण्ड बाट श्रृजित परिस्थितिले घटित काेत पर्व र त्यसैले स्थापित जंगे(राणा) शासन र निम्त्याएको क्रुर शासन प्रणाली जनताले शमन गर्न नसकि राणा विराेधि भावनाहरू मुखरित हुन थाले।साेहि भावनाहरू एकत्रित हुँदै विभिन्न शक्तिहरू नेपाली कांग्रेस,गाेर्खा परिषद,प्रचण्ड गाेर्खा,कम्युनिस्ट पार्टी अादि एकाकार भई राणातन्त्र अन्त्य भई प्रजातन्त्रको स्थापना भयाे।
विभिन्न अान्दोलनका माध्यमबाट शासन प्रणालिहरूमा परिमार्जन र परिस्कार गरिरह्याैं। जनताले जनताका लागि जनताद्वारा गरिने शासन प्रणालि प्रजातन्त्र हाे भने के हामीले त्यसकाे मर्म अनुसार अनुशरण गर्याैं? के जनताले अपनत्व लिन सकेका छन त? अाफ्ना र अाफु भित्रका कमजोरी समस्या देखेनाैँ,देख्यौं त केवल प्रणाली पद्धतिमा ! समय समयमा जनताका लागि भनी विभिन्न अान्दोलन र तथाकथित परिवर्तन पनि भए साे अनुरूप पछिल्लो पटक दाेस्राे जनअान्दाेलन २०६२/६३ पश्चात् अझ परिस्कृत गरी `लाेकतन्त्र´ शब्द परिवर्तन गरीयाे, अब विस्तारै बाेलिचालीमा प्रजातन्त्र शब्द हराउँदै गएको छ त्याे लाेकतन्त्रले लिएकाे छ। अाखिर जतिसुकै चुस्त शब्द फेरिए शासकिय वृत्त अझै अाफु परिस्कृत हुनसकेका छैनन् ,तिनका क्रियाकलाप राणाशाहिकै धङधङी देखिरहेकाे छ।अाखिर सहि अर्थमा प्रजातन्त्रकाे विकास प्रयाेग,संरक्षण हाेस। ठूलो त्याग बलिदानीपूर्ण प्राप्तिलाई नभुलाैं। हरकाे मन,वचन र कर्मले सगाैरव साेपान गर्न सकियाेस।
शुभेच्छा सबैमा!
Thursday, February 18, 2021
नेपालकाे गाैरव गाथा
एसियाका ठूला देशहरू चीन र भारतको बीचमा हिम श्रृङ्खलाकाे काखमा बसेको नेपालको इतिहास यस क्षेत्रका अन्य देशहरूको भन्दा फरक छ। नेपालदेखि दक्षिणपट्टि रहेका देशहरू विदेशी अधिनमा रहँदा पनि नेपाल स्वतन्त्र सार्वभैम राष्ट्रको रूपमा रहिरह्यो । विभिन्न धर्मशास्त्र तथा पुराणहरूमा नेपाललाई अत्यन्तै प्राचीन भूमिको रूपमा वर्णन गरिएको छ । करीब १३ करोड वर्ष अगाडि बनेका यहाँका पर्वत शृङ्खलाहरू र उपत्यकाहरूमा पछि आएर प्राणीहरूको आकर्षणकाे केन्द्र बन्दै गएको पाइन्छ । पश्चिम नेपालको बुटवल क्षेत्रमा पाइएको रामापिथेकस मानवको अवशेषले एक करोड वर्षभन्दा अगाडिदेखि नै नेपालमा मानवको बसोबास शुरू भइसकेको तथ्य स्पष्ट हुन्छ । नेपाल नामको पहिलो उल्लेख अथर्वपरिशिष्टमा गरिएको पाइन्छ । अथर्वपरिशिष्टको समय निश्चित गर्न नसकिए तापनि इसापूर्व ५००–६०० को बीचमा यसको निर्माण भएको मानिन्छ । यसमा नेपाललाई कामरू, विदेह उदुम्बर, अवन्ती र कैकय देशहरूसँगै राखी चर्चा गरिएको छ ।नेपाल शब्द कहाँबाट र कसरी आयो भन्नेमा एकिन तथ्यांक छैन । तर, पनि नेपाल हिमालयको काखमा भएका कारण नेपाल नामको उत्पत्ति ‘निपालयबाट भएको विश्वास गरिन्छ । त्यस्तै वैदिक ग्रन्थ र पाणिनिकाे अष्टाध्यायीमा समेत निप शब्दकाे प्रयाेग पाइन्छ जसकाे अर्थ नेपालकाे प्राचिन शासक गा्ेपालवंशीलाइ निप र उनिहरूकाे अालय(घर) लाइ नेपाल भनियाे। भगवान बुद्धको समयमै उनका चेलाहरू व्यापारीहरूका साथ नेपाल पसेको घटना उल्लेख गरिएको छ । महाभारत वनपर्वमा नेपाललाई विषय (देश) को रूपमा वर्णन गरिएको छ । जैन ग्रन्थ आवश्यक सूत्र तथा कौटल्यको अर्थशास्त्र (ई.पू. चौथो शताब्दी) ले पनि नेपालको बारेमा उल्लेख गरेका छन्।त्यस्तै भारतीय समुद्रगुप्तले आफ्नो इलाहवाद अभिलेखमा किर्तिपुर (कुमाउँ) नेपालको छिमेकी राज्य को रूपमा उल्लेख गरेका छन् भने त्यसपछिका प्रायः सबै स्श्रोतहरूले नेपालको उल्लेख स्वतन्त्र राज्यको रूपमा नै गरेका छन् । नेपालका शिलालेखहरूमा भने वि.सं. ५२२ पछि पाइएका अभिलेखमा नेपाल शब्दको उल्लेख भएको छ । यसरी यो मुलुक अत्यन्तै प्राचीन समयदेखि नै नेपाल नामबाट परिचित रहेको स्पष्ट हुन्छ ।
सत्य ,त्रेता,द्वापर हुँदै कलियुगमा चलिरहँदा अाजसम्म पनि कसैकाे उपनिवेश नभइ शिर उँचाे बनाएकाे छ। हाम्रा सनातन संस्कार,संस्कृति,परम्परा,रितिरिवाज,भाषाभाषी,भेषभूषा, धर्म,धार्मिक सहिष्णुता,रहनसहन,भाैगाेलिक विविधता इत्यादि बिचकाे अात्मिय सन्तुलन अाहा क्या हार्दिकता छ। पूर्विय दर्शन,साहित्यकाे सचेत जागरणले दुरदर्शिता,वैज्ञानिकताकाे विकासले नेपालसँगै विश्वलाइनै मार्गनिर्देश गर्दछ।
BEST ONLINE JOBS Part-4
Work from Home Medical Jobs Work from home digital medical jobs are on the upswing for some time, and the trend shows no sign of going awa...