न्यायपालिका संविधान कानुनकाे व्याख्या गर्ने सर्वोच्च निकाय हाे। जसले नेपालकाे संविधान २०७२काे मुल मर्म र भावनाकाे रक्षा गर्याे जुन नेपाल र नेपालीका लागि गर्वकाे विषय हाे। जसले गर्दा न्यायालयकाे पवित्रता,स्वतन्त्रता ,सक्षमता पुष्टि गर्दै शिर उँचो बनाइ सनकी प्रवृत्तिलाई निरूत्साहित गरि दिएकाे छ। जसले कानुन भन्दा माथि काेही पनि हुँदैन भन्ने मान्यता सावित गरिदिनु स्वागतयोग्य काम भएकाे छ।
नेपालमा पुस ५ गते विघटित प्रतिनिधि सभा पुनर्स्थापना सँगै अब निकास कसरी कुन दिशामा अगाडि बढ्ला भन्ने विषयले ध्यान तानिएको छ।अझै सु स्पष्ट बाटाे नदेखिएको परिवेशबाट फाइदा उठाउन ,स्वार्थ सिद्धिका हेतुले देश र जनतामाथि लात नहान्लान् भन्न सकिन्न जुन कसैका लागि पनि दीर्घकालीन हित गर्ला भन्ने लाग्दैन।
संविधानले निर्दिष्ट दिशा अवलम्बन गर्दै गर्दा अहिले देखिएका अर्थहिन जाेड,घटाऊ ,लेनदेन,चलखेल नै त सुरू हाेला ...
प्रतिनिधि सभा : २७५ :
नेकपा = १७४
(सुनिन्छ: ओली ७८ + प्रचण्ड-माधव ९५),
नेका = ६३, जसपा = ३४ र अन्य = ४
सरकार बनाउन कम्तीमा १३८ जना सांसद चाहिने रहेछ ।
अब सम्भाब्यता हेरौ है ।
१. ओली + कांग्रेस = १४१
२. प्रचण्ड-माधव + कांग्रेस = १५८
३. जसपा + प्रचण्ड-माधव + अन्य < १३८ : (पुगेन)
यी परिदृश्यले अन्ततोगत्वा कांग्रेसलाई नै त फाइदा पुग्ने देखिन्छ अझै भनाैं शेर बहादुर देउवालाई ,परिस्थितिमा जति बदलाव अाय पनि पात्र त अाखिर तिनै हुन्। अन्य पात्रहरू प्रचण्ड,माधव नेपाल, केपि वाेली नै त हुन् काेहि दुधले नुहाएका पात्र त हाेइनन्। सबैका प्रत्यक्ष शासनकालकाे भुक्तभोगी न परियाे। बाहेक के पुस्तान्तरण सम्भव छ र? यी लाेभी पापीका झुण्डहरूबाट त्याे पनि सम्भव देखिन्न। अब यी पात्रबाट देश र जनताप्रति जनउत्तरदायी बन्लान् त? अब यीनमा चेतना पस्याे भन्नलाई पनि सत्तामा पुगेसि अग्रगामी कुरा भन्दा बढी स्मरणयाेग्य काम के गरे त ? देशमा विधि,पद्धति,विकास,संवृद्दि,राेजगारीअादि कुन जनजीविकाकाे सवालमा वहा! भन्ने पात्रता विकास गरे र । अालाेच्य विषय बन्ला तथापि इतिहास ज्यूँदै छ त । जनभावनाकाे सम्वाेधनकाे सट्टामा अाफ्नै अासेपासे,भराैटाे,चम्चे,हनुमाने,स्वार्थ समूह इत्यादि बिच नै छिनाझम्टी चलिरहे,जनता मुखदर्शक रहिरहे,तालि पिटिरहे,भिन्न भिन्न कित्तामा विभक्त रहिरहे बस यहि चलि रह्यो,यसरी हाम्रो फाइदा लुटिरहे , फेरि यिनैलाइ देख्नका लागि हर्ष,विष्मात मान्नु पर्ने कारण के छ र।
अब "अाम जनता जनता बनाैं हनुमाने कार्यकर्ता प्रवृत्ति त्यागाैं,सत्य र असत्य छुट्याउन सक्ने विवेकशील जनता बनाैं" जहाँ छाैं त्याँहिबाट गलत कार्यका विरूद्द खबरदारी गरि निरूत्साहित गराैं। विधि पद्धति र कानुनी सर्वाेच्चताका लागि हातेमालो गरि अघि बढाैं।
🙌जय हाेस नेपाल र नेपालीकाे🙌
No comments:
Post a Comment
Thank you for commenting us!