Followers

Monday, February 22, 2021

विकृति विरूद्द जुधाैँ ...

            


                     असल आचरण र कर्तव्य सिकाउने , कुल र धर्मको ज्ञान दिने , त्याग र समर्पण सिकाउने, संस्कार र संस्कृति सिकाउने, सामाजिक सद्भाव, एकता, मेलमिलाप, सहकार्य र सहिष्णुतासहितको सभ्यता सिकाउने शिक्षानै नैतिक शिक्षा हो । नागरिकहरुमा आफ्नो दायित्वको बोध हुदै जान्छ र समाज सकारात्मक तरिकावाट अगाडि बढ्दै व्यक्ति, अर्थात मानिसहरुमा सदाचार, विनम्रता,सद्भाव,प्रेमभाव , श्रद्धा , परोपकार जस्ता सकारात्मक पक्ष ले स्थान पाउँदछन् ।जब हामीले सानै उमेरवाट वाल–वालिकामा राम्रा सु–बिचारहरु आत्मसाथ गराउन सक्छौं तव मात्र उनीहरुको भविष्य राम्रो हुन सक्दछ । उनीहरुले असल व्यक्तित्वको पहिचान पाउन सक्दछन । फलस्वरूप असल समाज निर्माणका लागि असल नागरिक को रुपमा आफुलाई स्थापित गर्न सक्दछन । त्यसैले शिक्षाको व्याहारिक पक्षलाई बढि जोड दिनेखालको बनाउनु अन्यन्त जरुरी रहन्छ । आज भोली अभिभावक र वाल–वालिकाका बीचमा हामीले दुरी बढेको पाउछौ

                     हामि हाम्राे भूमिलाइ ज्ञान भूमि,तपाे भूमि,देव भूमि,ऋषि,मह्रर्षि,वेदार्चार,पूर्विय संस्कृत वाङ्गमय सभ्यता,सनातनी संस्कार,संस्कृतिका हिमायति मान्दछाै तर पनि यहि समाज र सभ्यता माथीनै दिनानुदिन एक पछि अर्काे गर्दै ज्यादै निकृष्ट हर्कतहरू समाजमा छताछुल्ल हुन थाले त के साेचनीय,मननिय विषय हाेइन र? घिनताबाेध,लज्जाजनक घटना हाेइन र? कारण र समुचित निवारण पहिल्याउने उचित समय अाइसकेकाे हाेइन र? दिनानुदिन यस्ता कुकृत्यले व्यक्ति,समाज,राष्ट्र,विश्व परिवेश,भावि पिढिँलाइ कता निर्देशित गर्ला त ? अत यस्ता प्रवृत्तीहरू बेलैमा सबै पक्ष मिली निस्तेज पार्नु अति अावश्यक हुन्छ।

                               शिक्षानै यस्ताे अाधार विन्दु हाे जसले सहि गलत छुट्याउन मद्दत गर्दछ। शिक्षा मानब कल्याणका लागि,सामाजिक कु-संस्कार, कुरिती र अन्धबिश्वासलाइ चिर्दै उज्यालो दिशा तिर उन्मुख गराउनका लागि, समाजमा रहेका राम्रा पक्ष लाई प्रेरित गर्नका लागि, समाज र राष्ट्रको विकासका लागि व्यक्तिगत सदाचार, स्वाबलम्बीले ठुलो भुमिका खेलेको हुन्छ भन्ने कुरामा जोड दिनका लागी,व्यक्तिको ब्यबहार,विनम्रता , आदर, संस्कार जस्ता आधारभूत आवश्यक मान्यताहरुमा विशेष जोड दिनका लागी हुनुपर्दछ । जसवाट वाल–वालिकाहरु भविष्यमा असल र कुशल नागरिक भै देश , समाज र बिश्व मै अनुकरणीय उदाहरण बन्न सकुन। तसर्थ नैतिक मूल्य–मान्यताको जगमा गुणस्तरीय शिक्षाको माध्यमले स्वअनुशासन र कर्तव्यबोधमा लाग्न आमनागरिकलाई प्रोत्साहित गर्दछ।शासकवर्गको चरित्र, कार्यशैली र गतिविधिहरू, समाजका अगुवा, राजनीतिक दलका नेता र राज्यसञ्चालनका जिम्मेवार व्यक्ति स्वयम् अनुकरणयोग्य र आस्थाको केन्द्र हुनुपर्छ । के  वर्तमान नेपाली परिवेशमा हाम्रा राज्य सञ्चालकहरूको व्यवहार अनुकरणयोग्य छ त ? के हामी सभ्य समाजको आधार तयार गरिरहेका छौँ ? सायद यस्ता प्रसङ्गहरू हेर्दा वर्तमान नेपाली परिवेशमा समतामूलक समाजको परिकल्पनालाई भद्दा मजाक गरिरहेको प्रतीत हुन्छ ।

                समग्रमा सबैमा जिवनउपयाेगी वैज्ञानिक,राेजगारी उन्मुख,नैतिकता,सचेत जागरण सहितकाे दुरदर्शिता भएकाे शिक्षा व्यवस्था ,सक्षम व्यक्तिलाइ उचित स्थान,सबै वर्ग,लिङ्ग,जाती,भाषा,धर्म सबैले अपनत्व लिन सक्ने,स्वास्थ्य, शिक्षा, रोजगारीलगायत आवश्यक पूर्वाधारको सन्तुलित विकास र त्यसमा जनताको सहज र न्यायोचित पहुँचकाे सुनिश्चितता,कथमकदाचि कसैबाट गलत कार्य भएमा त्यसलाइ तुरून्तै निस्तेज,कानुनि कठघरामा उपस्थित गराइ समाधान दिन सक्ने चुस्त दुरूस्त विभेदकारी निकाय भएमा हामीले कल्पना गरेकाे समाज अवश्य निर्माण हुन्छ।

                                                  

No comments:

Post a Comment

Thank you for commenting us!

BEST ONLINE JOBS Part-4

  Work from Home Medical Jobs Work from home digital medical jobs are on the upswing for some time, and the trend shows no sign of going awa...