एसियाका ठूला देशहरू चीन र भारतको बीचमा हिम श्रृङ्खलाकाे काखमा बसेको नेपालको इतिहास यस क्षेत्रका अन्य देशहरूको भन्दा फरक छ। नेपालदेखि दक्षिणपट्टि रहेका देशहरू विदेशी अधिनमा रहँदा पनि नेपाल स्वतन्त्र सार्वभैम राष्ट्रको रूपमा रहिरह्यो । विभिन्न धर्मशास्त्र तथा पुराणहरूमा नेपाललाई अत्यन्तै प्राचीन भूमिको रूपमा वर्णन गरिएको छ । करीब १३ करोड वर्ष अगाडि बनेका यहाँका पर्वत शृङ्खलाहरू र उपत्यकाहरूमा पछि आएर प्राणीहरूको आकर्षणकाे केन्द्र बन्दै गएको पाइन्छ । पश्चिम नेपालको बुटवल क्षेत्रमा पाइएको रामापिथेकस मानवको अवशेषले एक करोड वर्षभन्दा अगाडिदेखि नै नेपालमा मानवको बसोबास शुरू भइसकेको तथ्य स्पष्ट हुन्छ । नेपाल नामको पहिलो उल्लेख अथर्वपरिशिष्टमा गरिएको पाइन्छ । अथर्वपरिशिष्टको समय निश्चित गर्न नसकिए तापनि इसापूर्व ५००–६०० को बीचमा यसको निर्माण भएको मानिन्छ । यसमा नेपाललाई कामरू, विदेह उदुम्बर, अवन्ती र कैकय देशहरूसँगै राखी चर्चा गरिएको छ ।नेपाल शब्द कहाँबाट र कसरी आयो भन्नेमा एकिन तथ्यांक छैन । तर, पनि नेपाल हिमालयको काखमा भएका कारण नेपाल नामको उत्पत्ति ‘निपालयबाट भएको विश्वास गरिन्छ । त्यस्तै वैदिक ग्रन्थ र पाणिनिकाे अष्टाध्यायीमा समेत निप शब्दकाे प्रयाेग पाइन्छ जसकाे अर्थ नेपालकाे प्राचिन शासक गा्ेपालवंशीलाइ निप र उनिहरूकाे अालय(घर) लाइ नेपाल भनियाे। भगवान बुद्धको समयमै उनका चेलाहरू व्यापारीहरूका साथ नेपाल पसेको घटना उल्लेख गरिएको छ । महाभारत वनपर्वमा नेपाललाई विषय (देश) को रूपमा वर्णन गरिएको छ । जैन ग्रन्थ आवश्यक सूत्र तथा कौटल्यको अर्थशास्त्र (ई.पू. चौथो शताब्दी) ले पनि नेपालको बारेमा उल्लेख गरेका छन्।त्यस्तै भारतीय समुद्रगुप्तले आफ्नो इलाहवाद अभिलेखमा किर्तिपुर (कुमाउँ) नेपालको छिमेकी राज्य को रूपमा उल्लेख गरेका छन् भने त्यसपछिका प्रायः सबै स्श्रोतहरूले नेपालको उल्लेख स्वतन्त्र राज्यको रूपमा नै गरेका छन् । नेपालका शिलालेखहरूमा भने वि.सं. ५२२ पछि पाइएका अभिलेखमा नेपाल शब्दको उल्लेख भएको छ । यसरी यो मुलुक अत्यन्तै प्राचीन समयदेखि नै नेपाल नामबाट परिचित रहेको स्पष्ट हुन्छ ।
सत्य ,त्रेता,द्वापर हुँदै कलियुगमा चलिरहँदा अाजसम्म पनि कसैकाे उपनिवेश नभइ शिर उँचाे बनाएकाे छ। हाम्रा सनातन संस्कार,संस्कृति,परम्परा,रितिरिवाज,भाषाभाषी,भेषभूषा, धर्म,धार्मिक सहिष्णुता,रहनसहन,भाैगाेलिक विविधता इत्यादि बिचकाे अात्मिय सन्तुलन अाहा क्या हार्दिकता छ। पूर्विय दर्शन,साहित्यकाे सचेत जागरणले दुरदर्शिता,वैज्ञानिकताकाे विकासले नेपालसँगै विश्वलाइनै मार्गनिर्देश गर्दछ।
Keep it up
ReplyDelete